लकडाउनको समयमा शिकारी र सुरक्षाकर्मीबीच भिडन्त - Pahilo Online

लकडाउनको समयमा शिकारी र सुरक्षाकर्मीबीच भिडन्त

तीन शिकारी हतियार सहित पक्राउ

writer

मोहन भट्टराई

पथरी । उत्तरी मोरङको सलकपुर सव–डिभिजन वन कार्यालय अन्तरगतको राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तु चोरी शिकार गर्न पसेका शिकारी र सुरक्षाकर्मीबीच (आज) शुक्रबार अपरान्ह भिडन्त भएको छ । सुन्दरहरैंचाको सलकपुर सामुदायिक वन र लोहन्द्रा केराबारी साझेदारी वन स्थित राष्ट्रिय वन क्षेत्रमा प्रवेश गरेका शिकारी र सुरक्षाकर्मीबीच शुक्रबार करिव साढे तीन बजेको समयमा भिडन्त भएको हो ।

भिडन्तमा मानवीय क्षती नभएपनि तीन शिकारी हतियारसहित पक्राउ गर्न सफल भएको सव–डिभिजन वन कार्यालय सलकपुरका प्रमुख सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । सहायक वन अधिकृत माझीका अनुसार सव–डिभिजन वन कार्यालय सलकपुरका शसस्त्र वन रक्षक, कर्मचारीहरु र शसस्त्र प्रहरी बेस क्याम्प सलकपुरको संयुक्त गस्ती टोलीले सर्च गर्ने क्रममा शिकारीले ९ राउण्ड फायर गरेका थिए । लकडाउनको मौका छोपी वन क्षेत्रमा केही व्यक्तिहरु वन्यजन्तु शिकार गर्न गएको भन्ने विशेष सूचनाका आधारमा गएको गस्ती टोलीमाथि शिकारीले फायर गरेपछि सुरक्षाकर्मीले ७ राउण्ड जवाफी फायरीङ गरेको थियो ।

सुरक्षाकर्मीले घेराहाली पक्राउ गर्न खोज्दा करिव १२ जनाको संख्यामा रहेका शिकारीहरुमा केही भागेका थिए । तीनजनालाई भनें पक्राउ गर्न सफल भएको सहायक वन अधिकृत माझीले बताए । पक्राउ पर्नेहरुमा मोरङ केराबारी गाउँपालिका ८ का ३५ वर्षीय डम्बर जोगी, सोही ठाउँ बस्ने वर्ष २७ का किसान कार्की र झापा बुद्धशान्ति गाउँपालिका ३ धाइजनका वर्ष २७ का किरण धिमाल रहेका छन् । सुरक्षाकर्मीले उनीहरुको साथबाट २ थान भरुवा बन्दुक र केही बारुद समेत बरामद गरेको छ ।

क्राउ परेका अभियुक्तहरुलाई सलकपुर सव–डिभिजन वन कार्यालयमा राखिएको र उनीहरुलाई वन ऐन र खरखजाना ऐन अन्तरगत कारवाही अघि बढाइने डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी सहायक वन अधिकृत रामलखन ठाकुरले बताए । फरार रहेका अन्य व्यक्तिहरु, उनीहरुले प्रयोग गरेका हतियार र शिकार गरेको वन्यजन्तुको खोजी कार्य जारी रहेको सहायक वन अधिकृत ठाकुरले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes