ताप्लेजुङमा मापदण्ड विपरित क्वारेन्टाईनमा राखिएका तीन जनालाई नौ दिनमै घर पठाइयो - Pahilo Online

ताप्लेजुङमा मापदण्ड विपरित क्वारेन्टाईनमा राखिएका तीन जनालाई नौ दिनमै घर पठाइयो

writer

ताप्लेजुङ । क्वारेन्टाइनमा राखिएकालाई कम्तिमा १४ दिन निगरानीमा राख्नुपर्ने मापदण्ड विपरित तीन जनालाई नौ दिनमै घर पठाइएको छ । फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीय महिलासंगै जहाजमा आएका १ जनालाई परिवारसहित क्वारेन्टाईनमा राखिएको थियो । सदरमुकामस्थित क्वारेन्टाईनमा राखिएका उनीहरुमा कोरोनाको कुनै लक्षणहरु नदेखिएपछि घरैमा सुरक्षित बस्न अनुरोध सहित पठाईएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

उता दैलेखको एक स्थानीय तहले पनि क्वारेन्टाइनमा राखिएका २१ जनालाई दुई दिनमै घरमा पठाइदिएको छ ।महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा राखिएका उनीहरुलाई निगरानी राख्नु पर्ने दिन पूरा नहुँदै घर पठाइएको हो । क्वारेन्टाइनमा राखिएका मानिस विदेशबाट नआई आफ्नै मुलुकका विभिन्न जिल्लाबाट आएको हुँदा घरमा पठाइएको गाउँपालिका प्रमुख जंगबहादुर शाहीले बताए ।महाबगाउँपालिकामा २९ जना भारतबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes