ज्यालामजदुरी गर्ने विपन्न परिवारलाई यथासिघ्र राहत वितरण गर्ने निर्णय - Pahilo Online

ज्यालामजदुरी गर्ने विपन्न परिवारलाई यथासिघ्र राहत वितरण गर्ने निर्णय

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको शुक्रवारको आजको आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्ने विपन्न परिवारलाई यथासिघ्र राहत वितरण गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले राहत व्यवस्थापनको काम धमाधम भइरहेको उल्लेख गर्दै कार्यविधि अनुरुप वडा वडाबाट आएको तथ्यांकलाई हेरेर यथासिघ्र राहतका रुपमा खाद्यान्न वितरण गर्ने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

साथै उनले नगरपालिका कार्यालयले राहतका लागि आफ्नो विपद व्यवस्थापन कोषबाट तत्काललाई ३० लाख रुपैयाँ व्यवस्थापन गर्ने समेत निर्णय भएको पनि जानकारी गराए । बैठकले, नगरस्तरीय राहत व्यवस्थापन तथा वितरणका लागि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको जानकारी दिए । समितिको सदस्यहरुमा, ८ नम्बर वडाध्यक्ष बाबुराम दहाल, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत रहका छन् । यसका साथै वडाको सम्पर्क व्यक्तिका रुपमा प्रत्येक वडाका वडाध्यक्षलाई तोकिएको छ । प्रत्येक वडामा पनि वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत समिति गठन गरिएको छ ।

कार्यपालिका बैठक अघि ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को बैठक बसी राहतको योजना बनाएको थियो । नगर प्रमुख राईको संयोजकत्वको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को खातामा जम्मा भएको नगद तथा वडा वडामा जम्मा भएको खाद्यान्न सहितको राहतलाई वडा वडाका उपयुक्त स्थानहरुबाट भीडभाड नगरी वितरण गर्ने योजना रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes