तेह्रथुम र ताप्लेजुङमा २ जना मृत अवस्थामा फेला - Pahilo Online

तेह्रथुम र ताप्लेजुङमा २ जना मृत अवस्थामा फेला

writer

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक जंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् । मंगलवार देखि हराईरहेका बृद्ध चुहानडाँडा स्थित लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार दिउँसो २ बजे फेला परेका हुन् । मंगलवार सो जंगलमा आगलागी समेत भएको बताईएको छ । घटनाको जानकारी पाएसंगै ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत फेला परेकी छन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्दै जाने क्रममा आज बिहान पौने १२ बजे उक्त भिर मुनी मृत फेला परेकी हुन् । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes