पथरी शनिश्चरेको सवै वडाहरुमा राहत व्यवस्थापन समिति गठन - Pahilo Online

पथरी शनिश्चरेको सवै वडाहरुमा राहत व्यवस्थापन समिति गठन

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका वडाहरुमा कोरोना भाइरस जोखिम न्यूनिकरण एवम् राहत व्यवस्थापन समितिहरु गठन सम्पन्न भई राहत जुटाउने अभियान अघि बढेको छ ।

समितिले आफ्नो वडाको दैनिक ज्यालामजदुरी गर्नेहरुको तथ्यांक संकलन गरी उनीहरुका लागि नगरमा राहतको सिफारिस गर्ने काम थालिएको छ । नगरमा नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ गठन भएपछि वडास्तरमा पनि समिति गठन भएको हो ।

वडा नम्वर १ मा वडाध्यक्ष बाबुराम एङदेनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । सर्वपक्षीय रुपमा गठित समितिका सदस्यमा, भीमकुमार राई, दुर्गाप्रसाद भट्टराई, राजेन्द्र बस्नेत र इलाका प्रहरी कार्यालय पथरीका
असई जीतबहादुर गिरी रहेका छन् ।

२ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंको संयोजकत्वमा कार्यपालिका सदस्य अरुणा राई, वडा सदस्यहरु अग्नी गुरुङ, सीता भुसाल र पर्शुराम न्यौपाने तथा नेपाल कम्यूनिष्ट पार्टीबाट बालकृष्ण बुढाथोकी, नेपाली कांग्रेसबाट मनबहादुर पाठक र इलाका प्रहरी कार्यालयका सइ सोम लामिछाने रहेको समिति गठन भएको छ ।

३ नम्वर वडाध्यक्ष डम्बरबहादुर चम्जोङको संयोजकत्वमा कार्यपालिका सदस्य मायामेगी गुरुङ, वडा सदस्यहरु गिरीराज भट्टराई, देवीप्रसाद घिमिरे र फूलमाया दर्जी सदस्य रहेको समिति खडा गरिएको छ ।

वडाध्यक्ष गोविन्दबहादुर भण्डारी संयोजक रही ४ नम्वर वडामा ७ सदस्यीय समिति गठन भएको छ । सदस्य सचिवमा वडा सचिव ललिता लावती तथा सदस्यहरुमा, कुशेचौरी प्रहरी चौकी शनिश्चरेका इञ्चार्ज हरिनारायण राजवंशी, शसस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका इञ्चार्ज सुमन राई, रेडक्रसका तर्फबाट रामप्रसाद न्यौपाने, स्वास्थ्य चौकीका प्रतिनिधि र उद्योग वाणिज्य संघका तर्फबाट नरेन्द्र थापासहित ७ सदस्यीय समिति गठन भएको छ । समितिको सल्लाहकारमा नेकपाको तर्फबाट वडा संयोजक गंगा साँवा र नेपाली कांग्रेसको तर्फबाट नन्दबहादुर बस्नेतलाई चयन गरिएको छ ।

५ नम्वरमा वडाध्यक्ष जोगबहादुर धिमालको संयोजकत्वमा वडा सदस्यहरु चेतेन्द्र खड्का, रेवत वस्नेत, जानुका तिम्सिना र शान्ति ऋषिदेव तथा हसन्दह स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी निर्मला विश्वकर्मा, समाजसेवी केशव धिमाल, प्रहरी चौकी कुसेका असई हरिनारायण राजवंशी र शसस्त्र प्रहरी बलका सइ सुमन राई सदस्य रहेको समिति बनेको छ ।

६ नम्बर वडाध्यक्ष जयबहादुर तामाङ संयोजक रही सवै वडा सदस्य सहित समाजसेवीहरु समेटेर समिति निर्माण भएको छ । जसमा वडा सदस्यहरु, जीवच्छ राई, बमबहादुर खत्री, सरस्वती पाण्डे तथा समाजसेवीहरु रेणुका काफ्ले, कर्णबहादुर घिमिरे, गंगाबहादुर धिमाल, लालबहादुर भण्डारी सदस्य भएको छ । अन्य सदस्यमा, नेपाल रेडक्रस सोसाइटीबाट भोलानाथ घिमिरे, सहरी स्वास्थ्य केन्द्रबाट आशिष गौतम, प्रहरी चौकी कुसे प्रमुख हरिनारायण राजवंशी, सशस्त्र बेस क्याम्प शनिश्चरे प्रमुख सुमन राई रहको छ । सदस्य सचिवमा वडा सचिव मीनाकुमारी बर्मा रहेका छन् ।

७ नम्बरमा वडाध्यक्ष कपिलमणि ढकालको संयोजकत्वमा नेकपाबाट उद्धव बस्नेत र रोहित वास्तोला, नेकाबाट रामकाजी वस्नेत र तिलक बोगटी सदस्य तथा सदस्य सचिवमा वडा सचिव सरोज भट्टराई रहेका छन् । कार्यपालिका सदस्य मैनाकुमारी राई लिम्बू ,वडा सदस्य काशीराज राई, विर्खबहादुर पिठाकोटे ( विरोज), कुमारी रोक्का र ज्येष्ठ प्रतिनिधि देवीप्रसाद भेट्वाललाई सल्लाहकार समितिमा राखिएको छ ।

८ नम्बर वडामा वडाध्यक्ष बाबुराम दाहाल संयोजक तथा सदस्यहरुमा नेकपाबाट नवीनजङ्ग कार्की, नेपाली कांग्रेसबाट ख्यामबहादुर खड्का, क्रान्तिकारी माओबादीको तर्फबाट सुरेन्द्र चापागाईं रहनु भएको छ । ९ नम्वर वडाध्यक्ष भानुभक्त राईको अध्यक्षतामा गठित समितिको सदस्यमा,

समाजसेवीहरु फणिन्द्र कार्की, पिताम्बर बास्कोटा, मुकुन्द पौडेल, देवेन्द्र वनेम, सुमन वनेम, प्रकाश कार्की र मदनबहादुर अधिकारी तथा सशस्त्र प्रहरीको तर्फबाट सुमन राई, नेपाल प्रहरीको तर्फबाट हरिनारायण राजवंशी रहका छन् ।

वडाध्यक्ष सागर राई संयोजक र कार्यपालिका सदस्य मैनादेवी फूयाँल आचार्य सहसंयोजक र वडा सचिव तारानिधि सापकोटा सदस्य सचिव रहेको १० नम्वर वडा समिति गठन भएको छ । जसको सदस्यमा, नेपाल रेडक्रस सोसाइटीबाट कृष्णबहादुर कार्की, कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समितिबाट ज्ञानेन्द्रप्रसाद ढुंगाना, स्वास्थ्यकर्मी पिताम्बर थापा, भूटानी शरणार्थी शिविर व्यवस्थापन समितिबाट चम्पासिंह राई चुयन भएका छन् । यसका साथै समाजसेवी प्रेम ढकाल र उत्तरकुमार लिम्बू तथा सशस्त्र प्रहरी सुरक्षा बल शिविरका अजिन्दकुमार राई सदस्य रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes