पथरीशनिश्चरे ४ नं. वडामा राहत संकलन जारी - Pahilo Online

पथरीशनिश्चरे ४ नं. वडामा राहत संकलन जारी

एकैदिन १७५ किलो चामल, १५० किलो नुन र खानेतेल संकलन

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङ पथरीशनिश्चरे वडा नं. ४ मा कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समितिले राहत संकलन कार्यलाई तीव्रता दिएको छ । समितिले पहिलो दिन आज विहीबार वडामा दैनिक ज्यालादारी विपन्न मजदुरहरुको लागि खाद्यान्न संकलन गरेको छ ।

संयुक्त वडास्तरीय महिला समिति खाद्यान्न हस्तान्तरण गर्दै ।

विहीबार मात्र वडाका विभिन्न संघ संस्था र व्यक्तिहरुले खाद्यान्न सहयोग समितिलाई हस्तान्तरण गरेका छन् । जसमा र समाजसेवी ध्रुबकुमार बराईलीबाट १०० किलो चामल वडाको कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समितिलाई हस्तान्तरण भएको छ ।
संयुक्त वडास्तरीय महिला समितिले ७५ किलो चामल, एक कार्टुन खानेतेल सहयोग गरेको छ । यस्तै प्रतिज्ञा विश्वाश मण्डलीको तर्फबाट १५० किलो नुन प्रदान भएको छ ।

समाजसेवी ध्रुवकुमार बराईली खाद्यान्न हस्तान्तरण गर्दै ।

सहयोगी दाताहरुले कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समिति, वडाका जनप्रतिनिधिहरु र पत्रकारकाबीच हस्तान्तरण गरेका हुन् । जसमा वडाध्यक्ष एवं कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समिति संयोजक गोविन्दबहादुर भण्डारी, सदस्य रामप्रसाद न्यौपाने, वडासदस्यहरु खड्ग सुस्लिङ, तुलसादेवी दर्जी, अमर बराईली, दिलु मगर, वडासचिव ललिता लावतीको रोहवरमा खाद्यान्न हस्तान्तरण गरिएको हो ।

प्रतिज्ञा विश्वास मण्डलीद्वारा खाद्यान्न हस्तान्तरण गर्दै ।

यसैगरी, दाताहरुको तर्फबाट समाजसेवी ध्रुवकुमार बराईली, संयुक्त वडास्तरीय महिला समिति अध्यक्ष चन्द्रकला चेम्जोङ, गंगामाया साँवा, सचिव मुना पाण्डे, कोषाध्यक्ष फुलमाया तामाङ, सदस्य सरस्वती चौधरीलगायतको सहभागिता रहेको थियो । यस्तै सो अवसरमा विश्वकर्मा सेवा समाजका जिल्ला अध्यक्ष राजकुमार विश्वकर्मा, युवा समाजसेवी नारायण दाहाललगायतको उपस्थिति थियो ।
वडामा कुनै संघ संस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा एकद्वार प्रणाली मार्फत् वडामा गठित समितिको माध्यमबाट नै वितरण गर्न वडाध्यक्ष भण्डारीले अनुरोध गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes