अस्पतालले भर्ना नलिएपछि उपचार नपाएर धनकुटाकी नरदेवी गुरुङको मृत्यु - Pahilo Online

अस्पतालले भर्ना नलिएपछि उपचार नपाएर धनकुटाकी नरदेवी गुरुङको मृत्यु

writer

विराटनगर । अस्पतालले भर्ना नलिएपछि उपचार नपाएर विराटनगरमा एक जनाको मृत्यु भएको छ । मंगलबार धनकुटाको महालक्ष्मी नगरपालिका–५ की नरदेवी गुरुङको मृत्यु भएको हो । मंगलबार बिहान घरायसी काम गर्दा बेहोस भएकी ५२ वर्षीया गुरुङलाई आफन्तले धनकुटाको क्लिनिक हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याएका थिए ।

धरानले आइसियूमा राख्नुपर्ने बताउँदै विराटनगरको न्यूरो अस्पताल रेफर र्गयो । तर न्यूरोले ज्वरो देखिएपछि भर्ना लिएन । आफूसँग भेण्टिलेटर नभएको बताउँदै विराट नर्सिङहोम पठायो । विराटको इमरजेन्सीमा विरामीको कागज हेरेपछि चिकित्सकले नोबेल मेडिकल कलेज पठाए । नोबेलमा उपचारका क्रममा मंगलबार दिउँसो करिब ४ बजे मृत्यु भयो ।

मृतककी छोरी लक्ष्मी गुरुङका अनुसार बिहान ६ बजे बेहोस भएपछि १० नबज्दै घोपा लगिएको थियो । तर घोपाले न्यूरो अस्पताल विराटनगर पठायो । तर क्रिटिकल अवस्थाकी बिरामीलाई न्यूरोले भर्ना लिएन । भेण्टीलेटर नभएको बताउँदै विराट नर्सिङहोम रेफर र्गयो । विराटले पनि नोबेल रेफर र्गयो । नोबेलमा भर्ना गराएर उपचार गर्दा गर्दै उनको मृत्यु भएको हो ।

१० बजे घोपा आएकी करिब साढे २ बजेमात्र नोबेल पुगेकी थिइन् । नोबेलका चिकित्सकले करिब डेढ घण्टा प्रयास गरेपनि विरामी ढिलो ल्याएका कारण बचाउन नसकिएको बताए । ‘घोपाले रेफर गरेपछि न्यूरो र विराट नर्सिङहोमले भर्ना लिएनन्,’ लक्ष्मीले भनिन् ‘ फिल्ममा जस्तै व्यवहार भयो ।’ अस्पतालले समयमा नै उपचार नगरेका कारण आमाको मृत्यु भएको उनले बताइन् ।

मृतक गुरुङमा ज्वरो देखिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको भन्दै अस्पतालले भर्ना लिएनन । तर नरदेवीलाई कोरोनाको जोखिम नभएको उनको परिवारको दाबी छ । ‘कोरोना भाइरसका बारे हामी पनि सचेत छौं,’ लक्ष्मीले भनिन्, ‘अस्पतालले नहेर्दा हामीले आमा गुमाउनुर्पयो ।’

उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई १०२ डिग्री ज्वरो थियो । नोबेलमा चिकित्सकले ढिलो ल्याएका कारण बिरामी बचाउन नसकेको बताएको लक्ष्मीले गुनासो गरिन् । ‘ बिरामी हुँदा उपचार पाइएन्,’ उनले भनिन्, ‘लापरवाही गर्ने अस्पताल र डाक्टरलाई कारवाही हुनुपर्छ ।’

विराट नर्सिङका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कोरोनाको कुनै सुरक्षात्मक उपाय नभएका कारण विरामीको रेफर गरिएको बताउँछन् । न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराई अस्पतालमा भेन्टिलेटर खाली नभएका कारण विरामीलाई रेफर गरेको बताउँछन् । विरामीका कोरोनाको संका नभएको बताउँदै उनले भेण्टिलेटर नै खाली नरहेको जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes