सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका ६ घोपाली टोलमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को १ च ९६०५ नम्बरको एम्बुलेन्सले बिपरीत दिशाबाट आऊँदै गरेको को १६ प २०६४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएकी स्कुटर चालक स्थानीय रत्ना श्रेष्ठको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।