विराटनगरमा प्रदेश एक कै नमुना आईसोलेसन सहितको अस्पताल निर्माणकार्य अन्तिम चरणमा - Pahilo Online

विराटनगरमा प्रदेश एक कै नमुना आईसोलेसन सहितको अस्पताल निर्माणकार्य अन्तिम चरणमा

writer

विराटनगर । विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा निर्माण हुँदै गरेको आइसुलेसन अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गत चैत्र ८ गते शनिबारबाट अस्पतालको निर्माण कार्य सुरु भएको कोरोना भाईरस (कोभिड, १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ को मुख्य मन्त्री तथा मन्त्री परिषदको निर्णय अनुसार नेशनल ट्रडिङको भवनलाई आइसुलेसन अस्पताल निर्माण कार्य शुरु गर्ने निर्णय भएको थियो ।

सोहि निर्णय अनुसार ५० शैया क्षमता मध्ये १० वटा बेड भेन्टिलेटर सहितको अस्पताल निर्माण कार्य तिव्रगतिमा भइरहेको र अबको २ दिन भित्र अस्पताल निर्माण कार्य सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

निर्माणाधिन अवस्थामा रहेको सो अस्पताल कोरोना संक्रमित बिरामीहरुका लागि प्रदेश नम्बर १ कै नमुना अस्पताल रहेको मन्त्री घिमिरेको दावी छ । अस्पतालमा चिकित्सकले बिरामी कक्षभित्र गइरहन नपर्ने सिसि टिभिबाट नै विरामीको निगरानी गर्ने र विरामीले पनि आफ्नो कुरा चिकित्सकलाई संचार माध्यमबाट नै संचालीत गर्ने प्रणालीको विकास गरेको मन्त्री घिमिरले बताए ।

मंगलबार बेलुकासम्ममा घर भित्रका मर्मतसम्हार, विद्युत जडान, एसी जडान, पानी लगायतका प्राविधिक पक्ष समापन गर्ने, बुधबार र बिहिबार आन्तरीक सरसफाई गरेर अस्पताल संचालनमा ल्याउने मन्त्री घिमिरेको भनाई छ । आइसुलेशन सहितको सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणीत भएर सिफारिस भएका बिरामीहरुको मात्रै उपचार गर्ने मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes