मोरङ । प्रदेश १ बाट कोरोना भाइरस (कोभिड १९) का ४६ जनाको नमुना संकलन गरिएकोमा ३० जनाको रिपोर्ट आएको छ । मंगलबारसम्मा १० महिलासहित ४६ जनाको नमूना संकलन गरिएकोमा ३० जनाको रिपोर्ट आएको सबै रिपोर्ट कोरोना भाइरस नेगेटिभ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए ।
अहिलेसम्म झापाबाट ५ जना, मोरङबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबाट १ जना, तेह्रथुमबाट २ जना , सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमुना संकलन गरी परीक्षणको लागि प्रयोगशालामा पठाइएको थियो । उनीहरुमध्ये १६ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेश १ मा मंगलबारसम्म चार महिला र ३ पुरुष गरी ७ जना लाई आइसोलेश राखिएको छ । डा.मेहताका अनुसार सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङका १ जना आइसोलेशन भर्ना भएका हुन् ।
प्रदेश १ का स्वास्थ्य संस्थाहरुले फिभर क्लिनिक बन्द गरेको भन्दै अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ । मन्त्रालयले आकस्मिक र फिभर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाहरुले फिभर क्लिनिक पनि बन्द गरेको गुनासो आएपछि अविलम्ब सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।