विराटनगर । सोलुखुम्बुको थुलुङ दूधकोसी गाँपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन विदेशबाट फर्केर आएकाहरुको निगरानी गर्ने नयाँ जुक्ति निकालेको छ । उक्त गाउँपालिकाले प्रहरी, प्रशासनसहितको संयन्त्रमार्फत विदेशबाट फर्केकाको विवरण संकलन भइरहे पनि थप कोही भए नभएको पत्ता लगाउने उपाय अपनाएको हो ।
गाउँपालिकाले विदेशबाट आएर घरैमा बसिरहेका कोही भए जानकारी दिन आग्रह गर्दै त्यस्तो जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। संक्रमणको सम्भावित जोखिम हुन नदिन माइकिङ र अरु माध्यमबाट सन्देश प्रवाह गर्ने काम समेत गाउँपालिकाले गरिरहेको छ।