काँकडभिट्टा । झापामा लकडाउन उल्लंघन गर्नेलाई समेत क्वारेन्टाइनमा राखिने भएको छ । लकडाउनका बेला घुमफिर गर्नेलाई राख्न मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–८ को आदर्श माविमा अलग्गै क्वारेन्टाइन बनाइएको काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।
उनका अनुसार सोमबार लकडाउन उल्लंघन गर्ने १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । ‘लकडाउन उल्लंघन गर्नेलाई पनि अब पक्राउ गर्दै क्वारेन्टाइनमा राखिने भन्दै घरबाट बाहिर ननिस्कन उनले सचेत गराए थिए ।