सुनवर्शी नगरले बनाउन नसकेको क्वारेनटाइन वडाध्यक्षले आफ्नै सुविधाबाट बनाए - Pahilo Online

सुनवर्शी नगरले बनाउन नसकेको क्वारेनटाइन वडाध्यक्षले आफ्नै सुविधाबाट बनाए

writer

भिमराज अधिकारी । पथरीशनिश्चरे । नगरभरी नै एउटा पनि क्वारेनटाइन नभएको अवस्थामा वडा अध्यक्षले आफ्नै लगानीमा १० बेडको क्वारेनटाइन बनाएर नगर प्रमुखलाई हस्तान्तरण गरेका छन् । मोरङको सुनवार्षी नगरपालिकाले बनाउने तयारी गरेको भएपनि हाल सम्म क्वारेनटाइन बनाउन सकेको थिएन । वडा नं. २ अमरदहका अध्यक्ष प्रताप तामाङले करिब ३ लाख बराबरको सामान खरिद गरी क्वारेनटाइन निर्माण गरेका हुन् ।

जम्मा १० वटा बेड, त्यहाँ विरामी बस्दा आवश्यक पर्ने अन्य सम्पूर्ण सामाग्री गरेर जम्मा २ लाख ९३ हजार ४२० रुपैया खर्च भएको अध्यक्ष तामाङले बताए । ‘‘क्वारेनटाइन भएता पनि बेडहरु आइसोलेसनमा प्रयोग हुने गरिको छ । नगरले बनाउने भनेको विवाद मात्रै भइरहन्छ मैले आफैले मेरो सुविधा वापत आउने रकमबाट खर्च गरेर क्वारेनटाइन बनाएको हुँ ।’’ तामाङले भने ।

अमरदह स्वास्थ्यचौकीमा निर्माण गरिएको सो क्वारेनटाइन सोमबार नगर प्रमुख काली प्रसाद दासलाई हस्तान्तरण गरिएको हो । प्रमुख दासले वडाले नगरलाई ठुलो गुन लगाएको भन्दै क्वारेनटाइनमा आवश्यक पर्ने अपुग सामानहरुको व्यवस्थापन गरी स्वास्थ्यकर्मीहरु खटाउने बताउनुभयो । सो क्वारेनटाइन सुनवार्षीको एकमात्र क्वारेनटाइन हो । छिमेकी मुल भारतसंग सिमाना जोडिएको हुँदा सुनवर्षी अझै वढि जोखिममा रहेको छ ।

वडामा यसअघि पनि ९० हजार बराबरको मास्क, साबुन, स्यानिटाइजर, ग्लोव्स लगाएतका सामाग्री वितरण गरिसकिएको तामाङले बताए । अब अतिविपन्न परिवारका लागि खाद्यान्न वितरण गर्नका लागि १ लाख ४५ हजार बराबरको दाल चामल खरिद गरिसकेको तामाङले बताए । अब वडामा अतिविपन्न परिवारको लगत सङ्कलन गर्ने र सो पछि राहत सामग्री वितरण गरिने तामाङले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes