‘लकडाउन’ उल्लंघन गरे कर्फ्यु लगाउने मुख्यमन्त्री राईको चेतावनी - Pahilo Online

‘लकडाउन’ उल्लंघन गरे कर्फ्यु लगाउने मुख्यमन्त्री राईको चेतावनी

writer

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नागरिकले ‘लकडाउन’को उल्लंघन गरे कर्फ्यु लगाउने चेतावनी दिएको छन् । मुख्यमन्त्री राईले ‘लकडाउन’ जनताको स्वाथ्य र सुरक्षाको लागि लगाइएको भन्ने कुरा बुझ्न जरुरी रहेकोले ‘लकडाउन’को पालना गर्न आग्रह गरे । अहिलेको असहज परिस्थितिमा सञ्चारकर्मीहरुको भुमिका महत्वपूर्ण हुने भएकोले कोरोना विरुद्धको अभियानलाई सहयोग गर्न आग्रह गरे । सूचना प्रवाह प्रक्रिया प्रभावकारी हुन नसकेको विषयमा मनन गर्दै प्रदेश सरकारले प्रभावकारी सूचना प्रवाहका लागि नेपाल पत्रकार महासंघसँग समन्वय सूचना डेस्क संचालनमा ल्याइने बताए ।

हालसम्म प्रदेशमा कोरोना भाइरसको संक्रमण नभेटिएको र अब पनि फैलिन नदिन प्रदेश सरकारले अत्यन्तै सजगताका साथ काम गरिरहेको मुख्यमन्त्री राईले बताए । प्रदेशमा प्रमुख सचिवको नेतृत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समितिहरु बनाई कोरोना भाइरसका विरुद्धमा आवश्यक कामहरु युद्धस्तरमा भैरहेको मुख्यमन्त्री राईले जानकारी दिए ।

प्रदेश सरकारले वर्तमान संकटसँग लड्न १० करोड रुपैयाँ निकासा गरिएकोले बिभिन्न क्वारेन्टाइनमा बसेकाहरलाई खाना खुवाउन १ करोड ६० लाख रुपैयाँ निकासा गरिएको राईले बताए । ‘कालोबजारी तथा कृत्रिम अभाव हुन नदिन प्रदेश सरकारले काम गरिरहेको छ’, मुख्यमन्त्री राईले भने , ‘यदि कसैले कालोबजारी गर्छ भने त्यस्तो व्यक्ति अपराधी ठहर हुने बताए ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes