उदयपुरको चौदण्डीगढीमा ७० लाखको कोरोना व्यवस्थापन कोष स्थापना - Pahilo Online

उदयपुरको चौदण्डीगढीमा ७० लाखको कोरोना व्यवस्थापन कोष स्थापना

writer

उदयपुर । चौदण्डीगढी नगरपालिकाले ७० लाख रुपैयाँको कोरोना संक्रमण व्यवस्थापन कोष स्थापना गरेको छ । कोरोना भाइरस (कोभीड–१९) संक्रमणको सम्भावित जोखिम न्यूनीकरण, नियन्त्रण र सर्वसाधरणको उपचारमा खर्च गर्नेगरी कोष स्थापना भएको हो ।

नगरपालिकाको समपूरक कोषमा रहेको एक करोड मध्येबाट ७० लाख रुपैयाँ कोरोना संक्रमण व्यवस्थापन कोषमा रकमान्तर गरिएको नगरप्रमुख खगेन्द्र राईले बताए । ‘कोषको परिचालन सार्वजनिक खरिद ऐनअन्तर्गत गरिने छ, उनले भने, ‘नगरलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन कोष खडा गरिएको हो ।’

उनका अनुसार ‘लकडाउन’ को समयमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र अति विपन्न परिवारलाई उक्त कोषबाट रकम खर्च गरी राहत उपलब्ध गराइनेछ । ‘वडा कार्यालयबाट आएको सिफारिसको आधारमा मजदुर र विपन्न परिवारलाई कोषबाटै राहत दिइनेछ,’ उनले भने, ‘अहिलेलाई यो राहत १५ दिनका लागि वितरण गरिनेछ ।’ नगरपालिकामा करिब ७ हजारको संख्यामा दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवार रहेको उनले जानकारी दिए ।

नगर क्षेत्रभित्रका कोरोना सक्रमणको आशंका गरिएका बिरामीलाई चौबीसै घण्टा निस्शुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिनेछ । एम्बुलेन्स चालकले नगरपालिकाको सिफारिसमा धरान र विराटनगरसम्मको लागि तीन सय, काँकडभिट्टासम्मका लागि ६ सय र काठमाडौंसम्मको लागि एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन् ।

स्वास्थ्यकर्मीको लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराइएको छ । स्वास्थ्यकर्मीलाई कार्यालयमै रहेर जुनसुकै समयमा उपचार तथा परामर्श सेवा दिन सक्नेगरी व्यवस्था मिलाइएको छ । उनका अनुसार चौदण्डीगढी अस्पताल र रामप्रसाद राई खेलमैदानमा निर्मित सामाजिक भवनमा चिकित्सकीय र अक्सिजनसहितका सम्पूर्ण सेवा उपलब्ध रहेको १७ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ । विभिन्न वडामा गरी ३९ वटा क्वारेन्टाइन बेड तयारी अवस्थामा राखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes