विदेशबाट आएकालाइ क्वारेन्टाइनमा पठाउदै पथरीशनिश्चरे नगर - Pahilo Online

विदेशबाट आएकालाइ क्वारेन्टाइनमा पठाउदै पथरीशनिश्चरे नगर

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणको नियन्त्रण अभियान अन्तर्गत विदेशबाट आएकाहरुको खोजी गरेर क्वारेन्टाइनमा पठाउने काम गरिरहेको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहितका वडाका जनप्रतिनिधि, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितले विदेशबाट आएकाहरुको खोजी गरेर मिक्लाजुङ्को टाडीमा रहेको क्वारेन्टाइनमा लगिएको छ । आजसम्ममा ८ जनालाई सुरक्षित बसोबास र हेरचाहका लागि क्वारेन्टाइन लगिएको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए ।

यसैबीच, नगरपालिकाले पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयारी गरेको र भोलीदेखि सेवा सुचालु गर्ने भएको छ । सो अस्पतालका स्वास्थ्यकर्मीहरुलाइ शनिबार पनि बिदा नगरी काममा खटाइने भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes