सगरमाथा क्षेत्रबाट १६ जना अष्ट्रेलियन र बेलायती पर्यटकको उद्धार - Pahilo Online

सगरमाथा क्षेत्रबाट १६ जना अष्ट्रेलियन र बेलायती पर्यटकको उद्धार

writer

सोलुखुम्बु । सगरमाथा क्षेत्रबाट १६ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। शुक्रबार १४ जना अष्ट्रेलियन र २ जना बेलायती गरी १६ जनाको उद्धार गरिएको हो। १४ जना अष्ट्रेलियन नागरिकलाई तारा एयरको जहाज र २ बेलायती नागरिकलाई डाइनास्टीक एयरको हेलिकप्टरबाट उद्धार गरि काठमाडौं लगिएको हो। अझै पनि करिब १७१ जना विदेशी पर्यटक खुम्बु क्षेत्रमा रहेको नागरिक उडड्यन प्राधिकारण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए।

बिहीबार १ नेपालीसहित १९ जनाको उद्धार गरिएको थियो भने मंगलबार र बुधबार १० जनाको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकमारी शाहीले जानकारी दिइन्। शुक्रबार मात्रै २६० जर्मन नागरिकसहित ३ सय ७ जनालाई काठमाडौंबाट कतारको दोहा हुँदै युरोप पठाइएको छ।

सदरमुकाम सल्लेरीमा अलपत्र परेका ६ जना विदेशी पर्यटकलाई उद्धार गरी शनिवार (आज) काठमाडौं पठाइने भएको छ। तीन साता अघि नेपाल भ्रमणमा आएका उनीहरू नेपाल लक डाउन भएपछि सल्लेरीमा नै अलपत्र परेका थिए। स्पेन, पोल्याण्ड, अमेरिका, फ्रान्स, क्यानाडा र भारतका ६ जना नागरिक लकडाउनका कारण सल्लेरीमै अलपत्र परेको भन्दै प्रशासन कार्यालयमा आएको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिइन्।

आफूहरूसँग भएको खर्च समेत सकिएकाले थप समस्या भएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा उद्धारको लागि आग्रह गरेका थिए। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वय तथा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको पहलमा शनिबार उनीहरूलाई सडक मार्ग हुँदै काठमाडौं पठाइने निश्चित भएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes