रोकथाम तयारीका लागि सामाजिक विकास मन्त्रालयद्वारा तीन करोड निकासा - Pahilo Online

रोकथाम तयारीका लागि सामाजिक विकास मन्त्रालयद्वारा तीन करोड निकासा

writer

मोरङ । कोरोना भाईरस (कोभिड १९) रोकथाम, नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालय प्रदेश १ ले तीन करोड रुपैयाँ बजेट निकासा गरेको छ । स्थानीय र प्रदेश सरकारले सञ्चालन गरेको हेल्थ डेस्सका सञ्चालन लगायत अन्य प्रयोजनका लागि बजेट निकासा गरेको हो ।

मन्त्रालय अन्र्तगतका कार्यालय र १४ वटा विभिन्न जिल्लाका स्थानीयतहलाई कोभिड १९ संक्रमण रोकथामका लागि हेल्थ डेस्क सञ्चालन लगायत कोरानासंग सम्बन्धित कार्यका लागि औषधी तथा औषधीजन्य सामाग्री खरीद तथा व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रलाई ५० लाख, प्रदेश अन्तर्गतका १३ वटा अस्पतालहरुलाई ९५ लाख, प्रदेश अन्तर्गतका १४ वटा स्वास्थ्य कार्यालयहरुलाई २२ लाख ५० हजार , विभिन्न १४ वटा स्थानीय तहलाई ८० लाख र स्वास्थ्य निर्देशनालय, धनकुटालाई समेत गरी ३ करोड निकासा पठाइएको प्रवक्ता डा. मेहताले जानकारी दिए ।

कोभिड १९ को संक्रमणबाट स्वास्थ्य सम्बन्धि तथा सो कार्यमा संलग्न हुने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्सका चालकहरुलाई संक्रमण हुनबाट बच्नका लागि विभिन्न सरकारी, निजी अस्पताल, स्वास्थ्य कार्यालय लगायतलाई (पीपीई) व्यक्तिगत सुरक्षा सामग्री २ सय ११ थान, ज्वरो नाप्ने मेसिन १६ थान, सर्जिकल मास्क ५ हजार थान, सर्जिकल ग्लोब ७ हजार २ सय जोडी, हेण्ड सेनिटाइजर १ हजार २ सय ५० थान उपलब्ध गराइएको छ ।

सामाजिक विकास मन्त्रालयले विशेष गरी संक्रमण भएका विरामीको हेरचाह, उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायतसो कार्यमा खट्ने कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि मध्यनजर गरी त्यस्ता सामग्रीको निरन्तर व्यवस्थापन गरिरहेको जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes