मोरङ । प्रदेश १ मा ठुला मानिएका अस्पतालमध्ये बिराटनगरमा रहेको नोबेल अस्पताल र झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल कोरोना अस्पताल बनाउन राज्यलाई दिने दुबै अस्पतालका सञ्चालकहरुले घोषणा गरेका छन ।
नोबेलका सञ्चालक डा.सुनिल शर्मा र बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईले देश संकटमा रहेका बेला आफनो अस्पताल कोरोना अस्पतालका रुपमा प्रयोग गर्न राज्यलाई दिने बताएका हुन । सात सय पचास शैयाको नोबेल र ८ सय शैयाको बिएण्डसी अस्पताल राज्यलाई दिने दुबैले बताईसकेका छन । प्रदेश १ मा सुबिधा सम्पन्न र दक्ष जनशत्ति समेत रहेको दुबै अस्पतालले कोरोना अस्पताल बनाउन राज्यलाई दिने बताए ।