आफैं मास्क उत्पादन गरी वितरण गर्दै जनप्रतिनिधि - Pahilo Online

आफैं मास्क उत्पादन गरी वितरण गर्दै जनप्रतिनिधि

writer

पहिलो अनलाइन

शनिश्चरे । बिश्वलाई आतङ्कित पार्ने महामारी कोरोना भाईरसको जोखिम न्युनिकरण गर्न मोरङ पथरीशनिश्चरे वडा नम्बर ४ ले मास्क आफैं उत्पादन गरी वितरण सुरु गरेको छ ।

चार नम्बर वडा कार्यालयले आज शुक्रबार कोरोना फैलनबाट रोक्ने उद्देश्यले मास्क वितरण गरिरहेको छ ।
मास्कको माग बढेसँगै बजारमा मास्क अभाव भएको अवस्थामा वडा कार्यालयले आफैँ मास्क तयार गरि वितरण शुरु गरेको हो । शुक्रबारमात्र वडा कमिटीले तीन सय थान मास्क वडावासीहरुलाई वितरण गरिएको छ । वडा कार्यालयबाट वितरण सुरु गरेको अभियानमा वडाध्यक्ष गोविन्दबहादुर भण्डारीसहित वडा सदस्यहरु खड्गबहादुर सुस्लिङ, तुलसादेवी दर्जी, अम्बरबहादुर बराईली, वडा सचिव ललिता लावतीको उपस्थिति रहेको थियो । यसैगरी, कर्मचारी गिता भट्टराई, नेकपा वडा नं. ४ का संयोजक गंगा साँवा, नगर खेलकुद विकास समिति सदस्य एवं विश्वकर्मा समाज मोरङका अध्यक्ष राजकुमार विश्वकर्मा, जनकल्याण आधारभुत विद्यालयका अध्यक्ष ध्रुबकुमार बराईली, युवा समाजसेवी नारायण दाहाललगायतले वडाका विभिन्न स्थानमा पुगी मास्क वितरण गरेका थिए ।

वडाध्यक्ष भण्डारीले अस्थायी प्रहरी चौकी कुसेचौरीका प्रमुख, शसस्त्र प्रहरी बल शनिशचरे र वडामा आएका सर्वसाधारण नागरिकलाई मास्क वितरण गरेका थिए ।
मास्कको लागि आवश्यक कपडा व्यवस्थापन गरि वडासदस्य तुलसादेवी दर्जी उनका परिवारका सदस्य र वडाध्यक्ष भण्डारीकी पत्नी सावित्रा भण्डारीलगायतले मास्क उत्पादन गरेका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes