कोरोना भाइरस त्रासका कारण अरुण तेस्रोको काम स्थगित - Pahilo Online

कोरोना भाइरस त्रासका कारण अरुण तेस्रोको काम स्थगित

writer

संखुवासभा । विश्वभर फैलिएको कोरोना भाइरसका संक्रमणका कारण संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको काम स्थगित गरेको छ। कोरोना भाइरस संक्रमण नेपालमा समेत देखा परेपछि सरकारले मंगलबारबाट लक डाउन गरेको हो। कोरोना भाइरसको संक्रमणबाट बच्न मंगलबार देशभर लक डाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको हो। भारतिय निर्माण कम्पनी सतजलले जलविद्युत निर्माण मंगलबारबाट सम्पूर्ण काम स्थगित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइयो) अरुण धिमानले जानकारी दिए।

अरुण तेस्रो परियोजनामा २५ सय भन्दा बढी भारतीय र नेपाली कामदार रहेको छन्। सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युत् गृहको काम गरिरहेको छ। अरुण तेस्रोको काम अहिले ३५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ। ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकास एशीसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्जीनियरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएका छन्।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९ सय मेगावट विद्युत उत्पादन हुने र आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब खर्च अनुमान गरिएको छ। आयोजना प्रभावित क्षेत्रका परिवारलाई आयोजनाले ३० युनिटका दरले निः शुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ। यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क विजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त आयोजना विकास सम्झौता (पिडिए) मा उल्लेख गरिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes