घर बाहिर ननिस्किन नगरको आव्हान - Pahilo Online

घर बाहिर ननिस्किन नगरको आव्हान

writer

पथरीशनिश्चरे । कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला नगरवासीहरु अनाहकमा बाहिर निस्किएको पाइएपछि मोरङको पथरी शनिश्चरे नगरपालिकाले घर बाहिर ननिस्किन आव्हान गर्दै माइकिङ थालेको छ ।

नगर प्रवक्ता यामप्रसाद गुरागाईंको अगुवाईमा सूचना सम्पादक भूपेन्द्र तिम्सिना, न्यायिक समितिका कर्मचारी विश्वमणि निरौला, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत तथा इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी सहितको टोलीले आजबाट माइकिङ गर्न थालेको हो । टोलीले आज नगरका २ वटा गाडीमा रहेर वडा नम्वर १ र १० को धेरैजसो भाग तथा २ र ७ को केही भागमा माइकिङ गर्न भ्याएको नगर प्रवक्ता गुरागाईंले जनाए ।

माइकिङका क्रममा जमघट गरी बसेका मानिसहरुलाई सम्झाउँदै घर पठाउने तथा मास्कको प्रयोग गर्ने, सावुनपानीले हात धुने जस्ता कुराहरु जानकारी गराइएको उनले उल्लेख गरे । सवै वडामा एक चरण माइकिङ गरी कोरोना भाइरसको संक्रमणबाट वच्नका लागि बाहिरफेरका मानिसहरुसँग भेटघाटै नगरी सुरक्षित हिसावले आफ्नै घरमा बस्नुनै सवैभन्दा उत्तम उपाय भएको जानकारी गराइने छ ।

प्रहरीले नगरवासी कोही पनि बाहिर ननिस्किइ सुरक्षीत तबरले घरभित्रै वस्ने कुरामा अझ कडाई गर्ने छ । माइकिङका क्रममा १० नम्वर वडाध्यक्ष सागर राईले पथरी उद्योग वाणिज्य संघका लागि केही मास्क प्रदान गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes