भोजपुरमा अल्ट्रा धाविका मिरा राईको नाममा रंगशाला निर्माण हुदै - Pahilo Online

भोजपुरमा अल्ट्रा धाविका मिरा राईको नाममा रंगशाला निर्माण हुदै

writer

भोजपुर । विश्व अल्ट्रा धाविका मिरा राईको नाममा भोजपुरमा निर्माणाधीन मिरा राई रंगशालाको कामले अपेक्षाकृत गति लिँदै गएको छ ।अन्तर्रा्ष्ट्रिय मापदण्डको रंगशाला निर्माण भएपछि यस क्षेत्रमा खेलकूदका साथै पर्यटन विकासले समेत फड्को मार्ने अपेक्षा गरिएको छ ।

जिल्लाभित्रै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले विश्व अल्ट्रा धाविका मिरा राईको नामबाट भोजपुरको पौवादुङमा गाउँपालिकाद्वारा सुरु गरिएको मिरा राई रंगशालाको निर्माण कार्यले तीव्रता पाइरहेको छ ।मैदान अभावमा युवापुस्ता पलायन हुन थालेपछि गाउँपालिकाले रंगशाला निर्माणको योजना अघि सारेको हो ।

अहिले रंगशालाको कटिङ, फिलिङ, ग्राभेलिङको काम सम्पन्न भएको छ ।गाउँमै रंगशाला निर्माण हुने भएपछि खेलकूद क्षेत्रको विकासले फड्को मार्ने स्थानीय योगराज कटुवालको भनाइ छ ।अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार रंगशालाको लम्बाइ ९० मिटर र चौडाइ ४५ मिटरको हुने भएपछि खेलप्रेमी युवाहरु थप उत्साहित भएका छन् ।

भविष्यमा राष्ट्रियस्तरका ठूला प्रतियोगिता खेल्न सकिने भएपछि राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने स्थानीय राजु विश्वकर्मा बताउँछन् ।करिब २६ रोपनी क्षेत्रफलमा निर्माणाधीन रंगशाला निर्माणका लागि गाउँपालिकाको क्रमागत योजनाअन्र्तगत ५५ लाख र प्रदेश सरकारको १ करोड ३५ लाख गरी करिब २ करोड बराबरको लागत लागिसकेको गाउँपालिकाले जनाएको छ ।

थप बजेटका लागि संघीय सरकार र अन्य दातृ निकायसँग पनि समन्वय भइरहेको छ । रंगशालाका लागि गाउँपालिकाले ५६ करोड रुपैंयाँको डीपीआर पनि तयार पारेको छ ।करिब चार वर्षको समयावधिमा बनिसक्ने रंगशालामा १२ हजारदेखि १४ हजार भिआईपी गेष्टसहितको प्यारापिटको खाका तयार पारिएका गाउँपालिका अध्यक्ष किरण राईको भनाइ छ । रंगशालामा विशेष गरी फुटबल, म्याराथुन, एथ्लेटिक्स, भलिबल खेल खेल्न मिल्ने डिजाईन रहेको गाउँपालिकाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes