बिराटनगर । सुनसरी र मोरङमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका ३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । मंगलबार बिहान साँढे १० बजे बालक पानीमा डुबेर मृत फेला परेका थिए भने घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी मोरङको बेलवारी नगरपालिका २ का २२ बर्षीय मित्र याक्खा लोहन्द्रा खोलामा पौडी खेल्न गएकोमा पानीमा डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो साँढे ३ बजे पानीमा डुबेर अचेत अबस्थामा फेला परेका याक्खालाई तत्काल उद्धार गरी उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा उपचारको क्रममा सवा ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।