पसल व्यवसाय बन्द गरि होम क्वारेन्टाइनमा रहन उवासं पथरीको अनुरोध - Pahilo Online

पसल व्यवसाय बन्द गरि होम क्वारेन्टाइनमा रहन उवासं पथरीको अनुरोध

writer

 

पथरीशनिश्चरे । कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न पथरी उद्योग बाणिज्य संघले अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्न आह्वान गरेको छ । संघको आज बसेको बैठकले आजदेखि अर्को सुचना नभएसम्म नगरभित्र रहेका अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गरी घरमै सुरक्षित रुपमा बस्न आह्वान गरेको हो ।

सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरी घरमै बस्न आह्वान गरेकाले पथरीमा रहेका व्यवसायी र उपभोक्ताहरुको सुरक्षाका लागि पसल व्यवसाय बन्द गरेर घरमै बस्न आह्वान गरेको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले जानकारी दिए।

उपरोक्त अवस्थालाई गम्भीर मध्यनजर गर्दै सरकारको अर्को निर्णय नहुञ्जेलसम्मका लागि आजकै मितिदेखि लागू हुने गरी ‘आफ्नो घर आफ्नै क्वारेन्टाइन’ को रूपमा आ(आफ्नै घरमा सुरक्षित ढंगले बस्न र स्वास्थ्य सम्बन्धी संयमता अपनाउन उद्योग वाणिज्य संघले आग्रह गरेको छ। अहिलेको यो विषम परिस्थितिबाट गुज्रिन सम्बन्धित निकायले आवश्यक अन्य विषयमा पहलकदमी लिन, अनवरत् ढंगले स्वास्थ्य उपचार एवं परामर्श केन्द्र विकल्प अघि सार्न, सम्भावित खाद्य संकटको विकल्प तयार राख्न, वित्तिय कारोबार गर्ने संघसंस्था वा बैंकहरूले वसुल्ने व्याज छुट गरिदिनुहुन कार्य समितिको आज सम्पन्न आकस्मिक बैठकले माग गरेको व्यहोरा विज्ञप्तीमार्फत सार्वजनिक गरिएको छ।

ज्यालादारीबाट छाकवास चलाउने व्यक्तिका लागि भरणपोषणको विकल्प अघि सार्न पनि उद्योग वाणिज्य संघले संबंधित निकायसँग माग गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes