कोरोनाको जोखिम रोकथामका लागि तरुण दलको सक्रियता - Pahilo Online

कोरोनाको जोखिम रोकथामका लागि तरुण दलको सक्रियता

writer

प्रेमप्रसाद भट्टराई । कोरोना भाइरसको जोखिम रोकथामका लागि नेपाल तरुण दल पथरीशनिश्चरे नगरसमितिले सचेतना अभियानको रुपमा बाल्टीन हेण्डवास तथा साबुन साबुनपानि राखेको छ । आज (सोमबार) नेपाल तरुणदल पथरीशनिश्चरेका भुपेन रानापहेलीको संयोजकत्वमा सो अभियान राखिएको हो ।

पथरीशनिश्चरे बजार र सो आसपासका मुख्य चोकहरु, ट्राफिक कार्यालय, बसपार्क तथा शनिश्चरे लगायतका ठाउँहरुमा २० थान बाल्टी, हेण्डवास लगायतका सामग्री राखिएको थियो । नेपाल सरकारले कोरोना जोखिम न्युनिकरणका लागि २५ जना भन्दा बढी मानिस भेला हुन र कार्यक्रम गर्न रोक लगाएपछि सो कार्यलाई साथ दिँदै करिब १०र१२ जना तरुण युवाहरुको उपस्थितिमा सो कार्यक्रम गरिएको थियो ।

मानिसहरुको जमघट तथा आवतजावत भइरहने प्राय सबै ठाउँहरुमा सो सामग्री राख्ने योजना रहेको भएपनि बजार बन्द र अन्य समस्याका कारण आज सबै ठाउँमा राख्न नसकिएको संयोजक भुपेन रानापहेलीले जानकारी दिए । आवश्यकता अनुसार थप ठाउँमा पनि केही दिनभित्रै त्यस्ता सामग्री राखिने समेत उनले जानकारी दिए । अभियानमा बाल्टी राखिसकेपछि सो आसपासका ब्यक्तिहरुलाई उपस्थित गराएर कोरोनाबारे जानकारी, सतर्क रहन तथा नआत्तिन आग्रह समेत गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes