ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन बन्द - Pahilo Online

ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन बन्द

writer

ताप्लेजुङ । कोरोना भाइरसको जोखिमका कारण ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाको बैठकले केही समयका लागि दर्शनका लागि नजान अनुरोध गरेको हो । कारोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै पाथीभरा दर्शन गर्ने जानेको ताँती लागेपछि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय, पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा संवर्द्धन समितिको संयुक्त आकस्मिक बैठक बसेको थियो। अहिले पूरै बन्द नगरिएको तर सोमबारसम्म पनि दर्शनार्थीको ’फ्लो’ नघटे बन्दै गर्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।

शनिबार १ हजार ६ सय तीर्थयात्री ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका थिए। नेपालको विभिन्न भूभागसहित भारतको सिक्किम, दार्जि्लिङ, विहारसम्मका नागरिकले पाथीभराको दर्शन गरेका हुन्। सरकारले सकेसम्म घरमै बस्न र अत्यावश्यक काम वाहेक हिडडुल नगर्न आग्रह गरिरहेका बेला पाथीभरामा भने तीर्थयात्रीको भीड लागेको थियो । फुङलिङ बजार, सुकेटार काफ्लेपाटी र फेदीमा बास बसेका तीर्थयात्री पाथीभरा पुगेका हुन्। शनिबार २५र२५ जनाका दरले समूह बनाएर पूजा गराएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles