धरानमा पनि कोरोनाको परिक्षण गर्ने तयारी - Pahilo Online

धरानमा पनि कोरोनाको परिक्षण गर्ने तयारी

writer

काठमाडौको टेकु अस्पतालमा मात्रै परीक्षण हुँदै आएको कोरोना भाइरसको परिक्षण प्रदेश नम्बर १ को धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ ।

१० वटा आईसोलेसन बेड तयारी अवस्थामा राखिएकोमा सोमबार देखि २ वटा आईसियु सहितको २० वटा बेड सञ्चालनको तयारीमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सुचना शाखा प्रमुख धुर्व नेपालले जानकारी दिए ।

उनका अनुसार कोरोना परीक्षणका लागि ल्याब सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । ल्याब तयारी भएपछि सरकारले कोरोना परीक्षणको लागि कीट पठाउने बित्तिकै प्रतिष्ठानमै कोरोनाको परीक्षण हुने उनले बताए । नेपाल सरकारको सहयोगमा प्रतिष्ठानले परिक्षण सेवा बिस्तार गरेको उनको भनाई छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes