न्याय सम्पादनका कामहरु चैत २१ गतेसम्मका लागि स्थगित - Pahilo Online

न्याय सम्पादनका कामहरु चैत २१ गतेसम्मका लागि स्थगित

writer

पथरी शनिश्चरे । कोरोना भाइरसप्रतिको सतर्कताका लागि पथरीशनिश्चरे नगरको न्यायिक समितिले आफ्ना न्याय सम्पादनका कामहरु चैत २१ गतेसम्मका लागि स्थगित गरेको छ ।

आइतबार न्यायिक समितिको बैठकले न्यायिक समितिले उजुरीहरु उपर छलफल गर्न, म्याद तामेली गर्ने सहितका सम्पूर्ण काम चैत २१ गतेसम्मका लागि स्थगित गरिएको नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले जानकारी दिइन् ।

यसैगरी, भिडभाडमा कोरोनाको संक्रमण बढ्न सक्ने भएकाले नगरमा आइतबार र विहीवार लाग्दै आएको पथरी हाटलाई समेत तत्काल बन्द गरिएको १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देनदले जनाए । उनले वडाको विपद व्यवस्थापन समितिमार्फत तत्काललाई हाट वन्द गरिएको वताए । यस क्रममा आइतबार सागसब्जी पसलमात्र हाटमा सञ्चालनमा आएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes