कोरोना रोक्न हेलिकोप्टरबाट औषधि छर्ने कुरा भ्रमपूर्ण र मनगढन्ते भएको सेनाको भनाई - Pahilo Online

कोरोना रोक्न हेलिकोप्टरबाट औषधि छर्ने कुरा भ्रमपूर्ण र मनगढन्ते भएको सेनाको भनाई

writer

काठमाडौं । नेपाली सेनाले कोभिड १९ (कोरोना भाइरस) नष्ट गर्न हेलिकोप्टरबाट किटनासक औषधि छर्ने कुरालाई मनगढन्ते भनेको छन् । एकजना युवतीको आवाजमा रेकर्ड भएको करिब २९ सेकेण्डको अडियो भाइरल भएपछि सेनाले यस्तो बताएबो हो। नेपाली सेनाका प्रवक्ता तथा सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख विज्ञानदेव पाण्डेले सामाजिक सञ्जालहरुमा’ नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड–१९) विरुद्ध किटनासक औषधि छरिने’ भनी आएको समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।

उनले सेनाले कोरोना फैलिन नदिन आवश्यक पूर्वतयारी गरिरहेकै बेला यस्तो अफवाहको पछि नलाग्न पनि भनेका छन्। ‘नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाइरसको रोकथाम तथा संभावित महामारीविरुद्ध न्युनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको छ’, उनले भनेका छन्, ’यसका अलावा सेनाले हेलिकप्टर प्रयोग गरि किटनासक औषधि छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ।’ उनले यो संवेदनशील घडीमा कसैलाई पनि भ्रमको पछि नलाग्न पनि अपिल गरेका छन्।

‘अहिलेको संवेदनशील घडीमा यस्तो भ्रामक, झुटो र मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठकवर्गमाक अनुरोध गर्दछ’, सैनिक जनसम्पर्क निर्देशनालयले भनेको छन्, ‘कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्यमा सेनाको गतिविधिबारे आम जनमानसमा कुनै दुविधा भएमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।’ नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने वाचा पनि गरेको छ। उसले उक्त भाइरसको उच्च जोखिमविरुद्ध बचाऊ तथा रोकथामका लागि उपलब्ध सबै उपाय अवलम्बन गर्न प्रतिवद्ध रहेको पनि जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes