एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु - Pahilo Online

एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

writer

उदयपुर । उदयपुर त्रियुगा ९ झिल्के चोक बस्ने ६२ बर्षीय तिलक दनुवार र सोही स्थानका १४ बर्षीय रोशन दनुवारको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।

शुक्रबार साझँ ६ बजे झिल्के चोक स्थित बाटो छेउमा बसिरहेका दुबैजनालाई चुहाडेबाट गाईघाट तर्फ आउदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा गम्भिर घाईते भएकोमा तिलकको उपचारको क्रममा साझँ साढे ६ बजे जिल्ला अस्पताल उदयपुरमा र रोशनको न्युरो अस्पताल बिराटनगरमा आज बिहान सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसै गरी उनिहरु सगै बसेका ३२ बर्षीय राज कुमार दनुवारलाई समेत सोही एम्बुलेन्सले ठक्कर दिदा गम्भिर घाईते भएकोमा उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्री नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes