प्रदेश एकका तीन स्थानमा ४४० क्वारेन्टाइन तयार - Pahilo Online

प्रदेश एकका तीन स्थानमा ४४० क्वारेन्टाइन तयार

writer

भोलानाथ भट्टराई

भोलानाथ भट्टराई

मोरङ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि एक नम्बर प्रदेशका तीन स्थानमा क्वारेन्टाइन तयार भएको छ । कारोनाका शंकास्पद बिरामीको जाँचका लागि प्रदेश सरकारको निर्णयअनुसार नेपाली सेनाले एक नम्बर प्रदेशका तीन स्थानमा क्वारेन्टाइन स्थापना गरेको हो ।

नेपाली सेनाको पूर्वी पृतना इटहरीका पृतनापति आनन्द कार्कीका अनुसार मोरङको मिक्लाजुङ– ५ मा पर्ने टाडी, झापाको भद्रपुर र उदपयुरको बेलसोतमा क्वारेन्टाइन राखिएको हो । पूर्वमाओवादी सेनाको ब्यारेक रहेको टाडीमा २०० जनालाई राख्नेगरी एकसय अस्थायी टेन्ट राखिएको छ । भद्रपुरमा ४० मोरङमा दुईसय र उदपयुरमा दुई सय जना अटाउने क्षमताको क्वारेन्टाइन स्थापना भएको हो ।

क्वोरन्टाइनमा शंकास्पद विरामीको उपचारका लागि नेपाली सेनाको चिकित्सकको टोली खटिनेछ । प्रदेश सरकारको गत फागुन २९ गते कोरोना भाइरसको संक्रमणविरुद्धको कार्ययोजनामा मिक्लाजुङ र सुनसरीको श्रीलंकाटप्पुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । श्रीलंकाटप्पु पुग्ने बाटो नभएका कारण अन्य स्थानमा क्वारेन्टाइन स्थापना भएको हो । आवश्यक परे श्रीलंकाटप्पुमा पनि निर्माण गर्ने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes