बलात्कारपछि हत्या गरिएकी आकृतिका हत्यारा पक्राउ - Pahilo Online

बलात्कारपछि हत्या गरिएकी आकृतिका हत्यारा पक्राउ

writer

इलाम । इलामको सूर्योदय नगरपालिका–१३ की आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ। हत्याको आरोपमा छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। गत मंगलबार कक्षा ११ को जाँच लेख्न विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको रोशनले बयान दिएका इलामका प्रहरी प्रमुख हीरा बहादुर पाण्डेले जानकारी दिए।

आकृतिको हत्या गरी माटोमा गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो। सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा पढ्थिन्। युवती मंगलबार बिहान घरबाट परीक्षा दिन भनी हिँडेकी तर विद्यालय नपुगेपछि खोजतलास सुरु गरिएको थियो। बुधबार दिउँसो अम्लिसो(अम्रिसो) बारीमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बुधबार प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो। शवलाई थप परीक्षणका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको थियो। प्रहरीसामु रोशनले बलात्कारको घटना सार्वजनिक गर्छु भनेपछि आकृतिलाई हत्या गरेको खुलाएका छन्। ढुंगाले टाउकोमा हानेर हत्या गरेको र आफ्नै गाई बाध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा लगेर खाल्डो खनेर गाडेको रोशनको बयान उद्धृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes