विराटनगरको राष्ट्रिय वाणिज्य बैंकमा सामाजिक भत्ता लिन वृद्धवृद्धाको भिडभाड - Pahilo Online

विराटनगरको राष्ट्रिय वाणिज्य बैंकमा सामाजिक भत्ता लिन वृद्धवृद्धाको भिडभाड

writer

विराटनगर । विश्वभर भर फैलिरहेको कोरोना भाइरसका कारण सरकारले संक्रमणबाट जोगिन आव्हान गर्दै २५ जनाभन्दा बढी भेला नहुन उद्री जारी पनि गरिसकेको छ । तर यता विराटनगर महानगरपालीले सामाजिक सुरक्षा भत्ता वापतको रमक बैकमा जम्मा गरेसँगै बैकमा वृद्धवृद्धाको भीड चौगुना देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले सबैभन्दा बढी जोखिम वृद्धवृद्धामा हुने उल्लेख गरेता पनि यसबारे उनीहरुमा कसैलाई पनि त्यो बारे जानकारी छैन । सरकारले २५ जना भन्दा भेला नहुनु भनिएता यता वैंकमा त्यसको चौगुना भीड बढेको देखिएको थियो । भत्ता वापतको रकम बैंकमा जम्मा भएपछि शुक्रबार बिहानैबाट विराटनगरका बाणिज्य बैंकहरुमा भत्ता लिनेहरुको भीड बढेको थियो ।

चौमासिक रूपमा निकासा हुने भत्ता महानगरले फागुन अन्तिममा बैंक पठाएको थियो । बैंकले विवरण दाखिला गरेपछि राष्ट्रिय वाणिज्य बैंकले शुक्रबारबाट वितरण सुरु गरेको हो । भत्ता लिन बैंकमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको ठूलो भिड लागेको छ । त्यस बाहेक सामाजिक सुरक्षा भत्ता लिने एकल महिला, दलित आदि समूदायको पनि बाक्लो उपस्थिति रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes