लागुऔषध सहित २ जना पक्राउ - Pahilo Online

लागुऔषध सहित २ जना पक्राउ

writer

मोरङ । मोरङको सुनवर्सी नगरपालिका ८ मिलन चोकबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । आज दिउँसो १ बजेको समयमा मे ४ प ७७३७ नम्बरको मोटरसाईकलमा भारतिय बजारबाट नेपाल तर्फ आऊँदै गरेका मोरङको पथरी शनिश्चरे नगरपालिका ६ का २८ बर्षिय काजीमान बि.क. र बर्ष २८ कै शिव नारायण चमारको साथबाट नियन्त्रीत लागुऔषध कोरेक्स १ बोतल, नाईट्राभेट ४९ ट्याब्लेट र स्पोभन १६ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes