सुनवर्षी मेयर कपको उपाधी बेलबारीलाई - Pahilo Online

सुनवर्षी मेयर कपको उपाधी बेलबारीलाई

कानेपोखरी २–० गोल अन्तरले पराजित

writer

पथरीशनिश्चरे । सुनवर्षी मेयर कप फुटबलको उपाधी बेलबारीले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा कानेपोखरीलाई २–० गोल अन्तरले पछि पार्दै बेलबारीले उपाधी हात पारेको हो ।

खेलको निर्धा्रित समयको पहिलो हाफमा बेलबारीका जर्सी नं. ११ का कासिम राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पूनः जर्सी नं. १२ का मौषम लिम्बूले गोल गर्दै टिमलाई २–० अग्रतामा दिलाए । खेल अवधिभर निकै दवाबमा रहेको कानेपोखरीले दोस्रो हाफमा पनि खेल सुधार्न सकेन । अन्ततः कानेपोखरी उपबिजेतामा सिमित हुन पुग्यो । दुवै टिमले पाएका निकै सुनौला अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

खेलको म्यान अफ दि म्याच पहिलो गोल कर्ता बेलबारीका कासिम राई घोषित भए । उत्कृष्ट गोल किपर बेलबारीका छिरिङ तामाङ, खेल अवधीभरको उत्कृष्ट खेलाडी बेलबारीका देवेन धिमाल, अनुसासित टिम सुन्दरहरैँचा घोषित भयो । यस्तै सर्वा्धिक गोल कर्ता खेलाडी आयोजक सुनवर्षी ए टिमका बिकास बस्नेत र सुन्दरहरैँचाका डगेन राई घोषित भए । बिजेता बनेको बेलबारीले नगर १ लाख २१ हजार र उपबिजेत बनेको कानेपोखरीले नगद ६५ हजार साथै ट्रफि, मेडल र प्रमाण पत्र हात पारे ।

यसअघि समापन सत्रको उद्घाटन पूर्व संचार मन्त्री तथा संघिय सांसद डा. मिनेन्द्र रिजालले गरेका थिए । मोरङको सुनवर्षी नगर मेयर कप आयोजनका लागि नगरले १० लाख रुपैया बिनियोजन गरेको थियो । फागुन १६ देखि सुरु भएको मेयर कपमा मोरङका १६ वटा पालिकाका टिमहरु सहभागी थिए । खेल सुनवर्षी २ मा रहेको बिरेन्द्र सार्वजनिक माविको खेल मैदानमा भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes