पथरीशनिश्चरेमा अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला - Pahilo Online

पथरीशनिश्चरेमा अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा मंगलबार भएको अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला परेको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा डाक्टर, प्रहरी, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको संयुक्त अनुगमन् टोलीले मंगलबार नगरका ६ वटा स्वास्थ्य संस्थामा अनुगमन् गर्दा ४ वटा संस्थामा गैर कानूनी अवस्था फेला परेको छ । ४ नम्वर वडाको शनिश्चरे बजारमा रहेको शनिश्चरे डाइग्नोष्टिक सेन्टरमा कागजको मास्क ३० रुपैयाँ गोटाले विक्री भइरहेको टोलीले फेला पारेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् । उनले १० रुपैयाँमा अन्यत्र विक्री भइरहेको मास्क ३० रुपैयाँमा बेचेर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कालोबजारी नगर्न नगर्न कडा चेतावनी दिइएको वताइन् ।

टोलीको अनुगमन् आएको सुइको पाएपछि वडा नम्वर ९ तर्फ पर्ने शनिश्चरे हाटखोलाका २ वटा फार्मेसी आफैं वन्द गरेर सञ्चालक तत्काल सम्पर्क विहीन बनेका थिए । सञ्जुबाबु गुप्ताले सञ्जुबाबा मेडिकल हल नामक पसल वडा नम्वर १ र २ मा एकसाथ सञ्चालन भएको पाइएको छ । १ नम्वरको मन्दिर लाइनमा रहेको पसलमा मोहिनीराम चम्लागाईंको प्रमाणपत्र राखेर सम्वन्धित विषयमा अध्ययन नगरेकी गुप्ताकी श्रीमती पूजाकुमारीले औषधि विक्री गरिरहेको फेला परेको छ । सञ्जुबाबु भनें २ नम्वरस्थित नगर अस्पताल नजिकै सोही नामको पसल सञ्चालन गर्न वस्ने गरेका छन् ।

१ नम्वर वडाको पथरी चोक उत्तरको शुभसंगीता फार्मेसीमा भनें धेरै प्रकारका औषधि म्याद सकिएको अवस्थाको फेला परेका छन् । त्यस्ता औषधि तत्काल फिर्ता गर्न सचेत गराइएको छ । त्यसैगरी, वडा नम्वर २ स्थित बुद्धचोकको सिटिजन फार्मेसीको दर्ताको कागजात फेला नपरेको र औषधि विक्री गर्ने पनि सम्वन्धित आधिकारिक व्यक्ति नरहेको पाइएको छ । त्यहाँ मास्क समेत सकिएको बताइएको छ । टोलीले स्वास्थ्य क्षेत्रमा लापरवाही नगर्न र त्यस्तो लापरवाही दोहोर्याए कानूनी कारवाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

अनुगमनका क्रममा, १ नम्वर वडाको दीर्घायू आयुर्वेदिक पसलमा केही मास्क रहेको र पथरी अस्पतालमा मास्क नभएको टोलीले वताएको छ । सञ्जुबाबामा पनि मास्क सकिएको पसलेले वताएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्ने एउटा उपायका रुपमा नाक र मुख छोप्न मास्क प्रयोग गर्नुपर्ने भएका कारण बजारमा मास्कको अवस्थाका बारेमा बुझ्न समेत अनुगमन् गरिएको थियो । अनुगमन् गरिएका स्वास्थ्य संस्थामा कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी गराइएको फ्लेक्स प्रिन्ट सेवाग्राहीले देख्ने ठाउँमा राख्नका लागि नगरले प्रदान गरेको छ ।

उता, राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेले मंगलबार एक विज्ञप्ति जारी गरी नगरमा मास्क लुकाएर कालोबजारी गर्ने कार्य नरोकिए कडा कदम चाल्न बाध्य हुने उल्लेख गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes