पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका—१, स्थित पथरी बजारमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिडेटको शाखा स्थापना भएको छ । एक कार्यक्रमवीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईको हातबाट बैंकको प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थितिमा उद्घाटन भएको हो । देशभर १८ वटा शाखा रहेको गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको १ नम्बर प्रदेशमा चार वटा शाखा रहेका छन ।
कार्यक्रममा अधिकृत श्रेष्ठले बैंकमा ८० करोड चुत्ता पुँजि, चार अर्ब ३७ करोड निक्षेप संकलन र तीन अर्ब ५६ करोड कर्जा प्रभाह गरेको बताए । जगेडा कोषमा २३ करोड ७२ लाख रहेको बैंकले पुष मसान्त सम्ममा तीन करोड १२ लाख नाफा गरेको अधिकृत श्रेष्ठले बताए । बैंकमा एटिएम, एसएमएस, इ— बैकिङ, इसीसी, आइपीएस कनेक्ट, रिमिटेन्स लगायतको सुविधा रहेको पथरी शाखाको मेनेजर कुबेर दाहालले बताए । शाखा खुलेदेखि नै खाता खोल्ने निक्षेप संकलन र कर्जाको फाएलको काम अघि बढिरहेको दाहालले बताए । पथरी बजारमा गुहेश्वरीसहित १४ वटा बैंकको शाखा भएका छन् ।