पथरी । ‘साझेदारी वनको वैज्ञानिक व्यवस्थापन, सु–साशन र समृद्धिको पक्षमा प्रथम जिला तथा प्रदेश अधिवेशन’ भन्ने नाराका साथ प्रदेश नं. १ र मोरङ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । मोरङको बेलबारीमा सम्पन्न दुवै अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
साझेदारी वनमा आबद्धहरुको प्रथम प्रदेश अधिवेशनले प्रकाश पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मनिका थापा मगर, महासचिवमा दिपक तिवारी, सचिवमा शंकर देवान र कोषाध्यक्षमा आशाकुमारी साह चयन भएका छन् ।
प्रदेश समितिको सदस्यहरुमा महेश थापा, दोर्णबहादुर पौडेल, इमतियाज आलम, लालबहादुर बस्नेत, आमोद साह, शिवकुमार साह रहेका छन् । समितिको अन्य सदस्यहरुमा रमेशकुमार खड्का, दिलबहादुर विश्वकर्मा, चन्द्रकला यादव, कमल थपलिया, आशावती साह र लक्ष्मिनारायण चौधरी रहेका छन् ।
सोही सम्पन्न साझेदारी वन समूहको जिल्ला अधिवेशनले दिपनारायण खाँको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पवित्रादेवी पोखरेल, सचिवमा कृष्ण कार्की र कोषाध्यक्षमा आनन्द लिङ्खा चयन भएका छन् । जिल्ला समितिको सदस्यहरुमा प्रमोद निरौला, कर्ण परियार, ठाकुर प्रसाद लिम्बू, बुद्धि चौधरी, विष्णु चौधरी, मनोज सरदार, हरेराम माझी, सुरेशकुमार वैठा, अञ्जुलादेवी मण्डल, मिना सरदार, कुन्नीलाल यादव र पारस सरदार रहेका छन् ।
प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न अधिवशनमा प्रमुख अतिथि प्रदेश सांसद राजकुमार ओझा, अतिथिहरु डिभिजन वन अधिकृत विशाल घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लाल बाहादुर बस्नेत