कोशी करिडोरले ठूलो संख्यामा गुराँस फडानी हुने भन्दै विरोध - Pahilo Online

कोशी करिडोरले ठूलो संख्यामा गुराँस फडानी हुने भन्दै विरोध

writer

तेह्रथुम । गौरवको योजना कोसी करिडोर २ सय २० केभिए विद्युत् प्रसारण लाइन बिस्तार क्रममा तीनजुरे, मिल्के र जलजले क्षेत्रमा ठूलो संख्यामा गुराँससहितका रुख फडानी हुन लागेको भन्दै विरोध गरिएको छ । लालीगुराँस नगरपालिका, सामुदायिक वनलगायतको सहभागितामा प्रसारण लाइन अन्यत्रबाट लैजान माग गर्दै शनिबार प्रदर्शन गरियो ।

सामुदायिक वनका उपभोक्ता र नगरपालिकाले प्रसारण लाइन अन्यत्रबाट लैजान माग गर्दै प्रदर्शन गरेका हुन् । नगरप्रमुख अर्जुन माबोहाङले प्रभावित क्षेत्र घुर्मिसेमा भएको सभालाई सम्बोधन गर्दै प्रसारण लाइन अन्यत्रबाट लैजान माग गरे । स्थानीय बासिन्दाले वर्षौंदेखि संरक्षण गरी हुर्काएका गुराँस सहितका बहुमूल्य प्रजातिका रूख आयोजना निर्माणका क्रममा फँडानी हुने भएपछि त्यसको असर पर्यावरण र पिउने पानीको मुहान क्षेत्रमा पर्ने नगर प्रमुख माबोहाङको भनाइ छ ।

गुराँस भूमि तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र भएर आयोजनाले प्रसारण लाइन निर्माण गर्न पोल गाढ्ने र तार तान्ने काम भइरहेको छ । स्थानीय स्तरमा प्रसारण लाइनको काम भइरहेको बेला नगर प्रमुख माबोहाङ प्रसारण लाइन तान्ने स्थानको विकल्प सहितको योजना लिएर काठमाडौं समेत पुगेका थिए । हाल सर्वेक्षण भएकै स्थानबाट प्रसारण लाइन विस्तार गर्दा धेरै रूख काट्नुपर्ने र रूख काटिएपछि यहाँको पर्यावरण र पानीको मुहान क्षेत्रमा असर पर्ने नगर प्रमुख माबोहाङले दाबी छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes