इलाम । बंगाली पर्यटकको घुइँचो रहने पशुपतिनगर बजार केही दिन यताबाट सुनसान छ। पसलका प्रायस् सटर बन्द छन्। बाह्रै महिना भारतीय ग्राहकको भीडभाड रहेन पशुपतिनगर कारोना भाइरस (कोभिड १९) संक्रमणका कारण सुनसान बनेको हो। शनिबारबाट भारत सरकारले नाकाबाट ओहोरदोहोर हुने सवारी साधन बन्द गराएपछि बजार पूरै सुनसान बनेको थियो। कोरोनाको प्रकोप फैलन सक्ने भन्दै भारतको पश्चिम बंगाल सरकारले शनिबारदेखि यातायतका साधन आवतजावतमा रोक लगाएको थियो।
पश्चिम बंगाल सरकारले सार्वजनिक सूचना नै जारी गरेर सोमबारदेखि नाकामा थप कडाइ गर्ने जनाएपछि दुवै देशमा रहेका आ(आफनो घर फर्किएका छन्। आइतबार साझसम्ममा नेपाल प्रवेश गरेका भारतीय र भारत प्रवेश गरेका नेपालीलाई आ(आफनो देश फर्कन पश्चिम बंगाल सरकारले सूचना जारी गरिसकेको छ। आइतबार उक्त नाका हुँदै आवतजावत गर्ने क्रम सामान्य मात्र रहेको छ।
घर फिर्ने र कामका लागि भनेर दुवै देश छिरेकालाई आ(आफनो गन्तब्यमा फर्कन भनी सकिएको भारतीय अधिकारीले जानकारी दिएका छन्। पश्चिम बंगाल सरकारले जरुरी काम परेकालाई आइतबार भने आवातजावत गर्न खुकुलो गरेको जनाएको छ। पशुपतिनगर फाटक नाका भएर भारत जान आएका पर्यटकलाई भने झापा काकडभिट्टा नाकाबाट पठाउने भारतीय अधिकारीले जानकारी दिएका छन्।