ज्वरो देखिएपछि काकडभिट्टा नाकाबाटै छ भारतीय फिर्ता - Pahilo Online

ज्वरो देखिएपछि काकडभिट्टा नाकाबाटै छ भारतीय फिर्ता

writer

झापा । स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्न लागेका ६ भारतीय नागरिकमा उच्च ज्वरो देखिएका कारण भारत फर्काइएको छ । प्रहरीका अनुसार भारतको बङ्गाल बस्ने १९ वर्षीय मुर्र हस्दा, २९ वर्षीय निक्ल हस्दा र सोही ठाउँका २१ वर्षीय राहुल मिया, विहारका २६ वर्षीय विद्युत सरकार, भारत उत्तरदिनातपुर निवासी ३२ वर्षीय दीपेश सरकार र मुण्डा गाउँका २९ वर्षीय समिर मुण्डालाई भारत फर्काइएको हो ।

काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका पाँच सय ६१ जनामा स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा उच्च ज्वरो पाइएपछि भारत फर्काएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

बिहीबार मात्रै कोरोना भाइरसको आशङ्कामा दुई युक्रेनी नागरिकलाई अध्यागमन कार्यालय काँकडभिट्टाले प्रवेषाज्ञामा रोक लगाएको थियो । भारतका सिक्किम, दार्जि्लिङलगायत शहर भ्रमण गरी नेपाल प्रवेश गर्ने क्रममा युक्रेनी नागरिकमा समेत उच्च ज्वरो देखिएपछि भारत फर्काइएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes