पथरीशनिश्चरे नगरमा योजना सम्झौता चैत मसान्तसम्म गरिसक्नुपर्ने निर्णय - Pahilo Online

पथरीशनिश्चरे नगरमा योजना सम्झौता चैत मसान्तसम्म गरिसक्नुपर्ने निर्णय

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको पछिल्लो बैठकले चालु आर्थिक वर्षका लागि चैत मसान्तसम्म सम्पूर्ण योजनाहरु सम्झौता गरिसक्नु पर्ने निर्णय गरेको छ । नगर तथा वडामा फागुन मसान्तसम्ममा सम्झौता गरिसक्ने अवधि तोकिएको भएपनि योजना सम्झौता नसकिएकाले नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले १ महिना अवधि थप गरी चैत मसान्तसम्म बनाएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

यसका साथै बैठकले पाँचौ नगरसभाबाट विपन्न आवासका लागि छुट्याएको ३० लाखबाट जग्गा खरिद गर्न निर्देशन गरेको छ । त्यस योजनाको घरको जस्तापाताको छानोका लागि छुट्याएको २० लाखबाट ८ फुटे जस्तापाता खरिद गर्ने निर्णय भएको पनि उनले वताए । जसमा चैत मसान्तभित्र जग्गा खोजविन गर्न कार्यपालिका सदस्यहरुलाई जिम्मेवारी समेत दिइएको छ ।

बैठकले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको तराई मधेश समृद्ध कार्यक्रम केन्द्रीय समन्वय इकाईमा सामुहिक आवास, सामुदायिक पूर्वाधार, साना सडक स्तरोन्नती सहितका योजना माग गर्ने समेत निर्णय गरेको छ । जसमा कृषि विकास, खानेपानी तथा सरसफाई, सिंचाई तथा नदी नियन्त्रण, उर्जा, विपद् न्यूनिकरण र पारम्पारिक पेशा प्रवद्र्धनात्मक एवम् आयआर्जन तथा जीवनस्तर सुधार कार्यक्रम पनि पेश गरिने छ ।

नगरका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार तथा बृद्धि कार्यक्रमका लागि प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय सहितका सरोकारवाला निकाय समक्ष माग पेश गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी, नगरको विपद व्यवस्थापन उपसमितिमार्फत नगरका जोखिममा पर्न सक्ने वस्तीहरुको पहिचान गरी सम्वन्धित सरकारी निकाय समक्ष विपद् व्यवस्थापनका लागि माग गर्ने सहितको निर्णय गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes