परीक्षा समितिद्वारा काक्षा ८ सम्मको वार्षिक परीक्षा अनुगमन् - Pahilo Online

परीक्षा समितिद्वारा काक्षा ८ सम्मको वार्षिक परीक्षा अनुगमन्

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा हाल सञ्चालित कक्षा ८ सम्मको वार्षिक परीक्षाको नगरको परीक्षा समितिले अनुगमन् गरेको छ । परीक्षा समिति संयोजक नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, सदस्य सचिव नवीन खुलाल सहित समितिका सदस्यहरु सहभागि भई दैनिकजसो सामुदायिक तथा संस्थागत विद्यालयको परीक्षा अनुगमन् भएको हो ।

परीक्षा मर्यादित रुपमै सञ्चालन भएको पाइएको समिति संयोजक धमलाले जनाए । कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै सरकारले परीक्षा अगाडि सार्न गरेको परिपत्र अनुरुप फागुन २८ देखि परीक्षा सञ्चालनमा ल्याइएको छ । नगरमा कक्षा ८ सम्म सञ्चालन भएका ३६ वटा विद्यालयमा परीक्षा जारी रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes