पथरी शनिश्चरे ७ न. वडा कार्यालयको भवन शिलान्यास - Pahilo Online

पथरी शनिश्चरे ७ न. वडा कार्यालयको भवन शिलान्यास

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका वडा कार्यालय भवन निर्माणको योजना अनुरुप ७ नम्वर वडा कार्यालय भवनको आज शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई र ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकालले कार्यालय भवनको शिलान्यास गर्नुभएको हो । सो वडाको लाइन टोलमा स्थानीय गंगामाया सुनुवारले द्धन्दकालमा मारिएका आफ्ना पति नारद राईको स्मृतिमा ५० लाख मुल्य पर्ने साढे ४ कठ्ठा जग्गा दान दिएपछि त्यहाँ भवन निर्माण हुने भएको हो ।

नगरको ६८ लाखको स्टिमेट रहेको भवनका लागि पर्शुराम निर्माण सेवाले ४७ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको छ । भूँइ तलामा ३ कोठा र माथिल्लो तला ४ कोठाको भवन निर्माण हुनेछ । भूँइ तलामा शौचालय र स्नानगृह रहने छ । असार मसान्तभित्रमा भवन निर्माणको सम्झौता भएको छ । यस अघि वडा नम्वर २ को कार्यालय भवनको पनि शिलान्यास भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes