अपहरणको नाटक गरी आफ्नै बुबासँग फिरौती रकम माग - Pahilo Online

अपहरणको नाटक गरी आफ्नै बुबासँग फिरौती रकम माग

writer

 

विराटनगर । अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजनिक गरेको छ । २३ फागुनमा घरबाट निस्किएका बुढिगंगा गाउँपालिका–३ का २४ वर्षीय मुकेशकुमार महत्तोले सोही दिन आफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेका थिए ।

घटना बारेका जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २६ फागुनमा सुनसरीको भान्टावारीमा मुकेशकुमारलाई फेला पारेको थियो । उनी फेला परेसँगै अपहरण नभइ अपहरणको नाटक भएको खुल्न आएको हो ।

मुकेश पक्राउ परेसँगै फिरोतीको रकमसहित निजकै घरमा काम गर्ने २५ वर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ गरी आजै जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes