उर्लाबारीमा १४ बर्षीया बालिकाले भुण्डिएर आत्महत्या - Pahilo Online

उर्लाबारीमा १४ बर्षीया बालिकाले भुण्डिएर आत्महत्या

writer

उर्लाबारी । मोरङको उर्लाबारी–७ दुर्गा टोलकी मन्सुरी सवाना मिया १४ बर्षीया बालिकाले घरमै झुण्डिएर आत्महत्या गरेकी छिन् । मुस्ताक मियाकी छोरी मन्सुरीले ढोका अगाडि सलको पासो लगाई बुधबार साँझ ५ः४५ बजे आत्महत्या गरेकी हुन् । मन्सुरीले ढोकामा चुकुल लगाएर कोठाभित्र आत्महत्या गरेकी थिइन् । उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने मन्सुरीले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।

मन्सुरीले विद्यालयबाट फर्किएपछि स्कुल ड्रेसमै आत्महत्या गरेकी छिन् । मन्सुरीको शव पोष्टमार्टमका लागि मंगलबारे अस्पताल लगिएको छ भने घटनाका बारे अनुसन्धान भइरहेको उर्लाबारी प्रहरीले जनाएको छ । उर्लाबारी वडा नं. ७ मा यो महिनाभित्र तीन जनाको आत्महत्या गरिसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes