कानेपोखरीकी देउ कुमारी नेम्वाङ उपचार नपाएर गुहार खोज्दै - Pahilo Online

कानेपोखरीकी देउ कुमारी नेम्वाङ उपचार नपाएर गुहार खोज्दै

आमा, बुबा पनि विरामी भएर ओच्छ्यानमा

writer

भोलानाथ भट्टराई

भोलानाथ भट्टराई

पथरी शनिश्चरे । मोरङको कानेपोखरी गाउँपालिका ७ की २९ वर्षिय देउ कुमारी नेम्वाङ घाटी, टाउको, मुटु, आखाँ दुख्ने र तल्लो पेट दुख्ने समस्याबाट विगत लामो समय देखि उपचार नपाएर पिडामा रहेकी छिन् ।

कानेपोखरी गाउँपालिका ७ का मंगलसिहं नेम्वाङ र आईतरानी नेम्वाङकी जेठी छोरी देउ कुमारी २०४७ सालमा जन्म भई विभिन्न रोग बाट पिडीत भएकी उनी २०७५ सालमा खाना पकाउने क्रममा आगोले समेत जलेर शरिरको आधा भाग नचल्ने अवस्थामा रहेको हुदाँ सहयोगको अपेक्षा गरी आज (बुधवार) पथरी एफ.एमको कार्यलय सम्म आएकी छिन् ।

उनको घरमा आमा, बुबा, भाई, बहिनी र भदाईनी गरी ६ जना रहेकाछन् । आमा, बुबा पनि विरामी भएर ओच्छ्यानमा नै थलिएकाछन् । घरको आर्थिक अवस्था पनि कमजोर भएकोले उनले विभिन्न संघ सस्था, वडा र गाउँपालिका लगायतका सरकारी तवरबाट पनि केहि सहयोग पाए आफुले एक्सरे गराएर औषधी खान र उपचार गराउन पाउने आशामा बाचेको बताएकी छिन् ।

नोवेल शिक्षण अस्पतालबाट पहिला सामान्य उपचार गराए पनि उनले अहिले सम्म कसैको सहयोग नपाएको साथै घरको आर्थिक अवस्था न्युन भएकोले उपचार गराउन नपाएको गुनासो गरेकी छिन् । उनले गाउँपालिकाबाट पाउने अपाङ्गता भत्ता समेत पाएकी छैनन् । केहि समय अगाडि अपाङ्गताको रातो कार्ड बनाईदिए पनि नाम अशुद्ध भएकोले भत्ता नपाएको बताएकी छिन् ।

कार्ड सच्याउन पनि उनलाई अरुको सहयोग चाहिने भएकोले सहयोगको अपेक्षा रहेको बताएक छिन् । उनलाई सहयोग गर्नका लागी सहयोगी मनहरुले उनको फोन नं ९८००९८३६२३ मा फोन गरेर सहयोग गरिदिन अनुरोध गरेकीछिन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes