कटुवा पेस्तोल सहित १ जना पक्राउ - Pahilo Online

कटुवा पेस्तोल सहित १ जना पक्राउ

writer

झापा । झापाको दमक नगरपालिका ३ मावाखोला पुलबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ परेका छन् । मावा खोला पुल आसपास हतियार सहित १ ब्यक्ति घुमफिर गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका ९ का ४४ बर्षीय मेघराज गौतमलाई १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली १ थान र खाली खोका २ थान सहित पक्राउ गरेको हो । हतियार सहित पक्राउ परेका निजको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes