मोरङ । मोरङको बिराटनगर महानगरपालिका १२ मलङवाका ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी ७० बर्षीया आफ्नै श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् । सोमवार साँझ ५ बजेको समयमा घरायसी बिबाद हुँदा आवेगमा आई परणले श्रीमतीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा सगुत्रीको घटनास्थमला नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि कोशी अस्पताल पठाएको छ भने परणलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।